गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

Love letter that never reached the girl...

I still remember that day, the day when as usual I was 10 minutes early for the tuition...

Paradise Sikkim Facebook Page

Come, explore this tiny himalayan paradise state Sikkim.

Showing posts with label Nepali Poem. Show all posts
Showing posts with label Nepali Poem. Show all posts

Monday, February 9, 2015

Sanu timi.... [A nepali poem]


शिर्षक: सानु तिमी....

सानु तिमी कति राम्री थियौ, 
एकै नजरमा आँखामा बस्ने
आँखाको बाटो भई मनमा उत्रिने
त्यो सुमधुर मुस्कान ह्रृदय पगलाउने
सानु तिमी साह्रै राम्री थियौ.....

एकै चोटी मात्र देखेको तिमीलाई
त्यही चिया पसलबाट तातो चिया पिँउदै
तिमी भने त्यो चौतारीमा बसेर आफ्नो साथीहरु पर्खिरहेकी
तिमीले देखेनौ सायद मलाई
तर मैले तिमीलाई देखिरहे, हेरिरहे
त्यो शायद प्रेम होइन, माया होइन....
खै: के थियो तिम्रो मुस्कानमा
तिम्रो चाल ढ़ालमा,
त्यो अनुहारमा झरेको केशलाई
कानको पछि सिउरिने तिम्रो अन्दाजमा
त्यो लौ-लौ परेका कलिला हाथका औंलाहरुमा
या तिम्रो कानमा सिउरिएका साना सुन्दर झुम्काहरुमा
जति नहेरौं भनिरहे, त्यतिनै टुलु-टुलु हेरिरहे,
म त लट्ठै परे तिम्रो पातली ति ओंठैमा,
त्यो घड़ी हेर्दै खुम्चिएका आँखीभावहरुमा,
ति गाजलु आँखाहरुमा,
बस्दा खेरि भुँई नछुएर
हावामा हल्लि रहेका खुट्टाहरुमा,
त्यो हाथमा भएको गुलाबी रंगको रुमालमा
खै.... म त लट्ठै परे तिमीमा....

न त तिम्रोमा राम्री छु भन्ने घमण्ड देखिन्थ्यो
न त दुनियासंग केहि वास्ता नै थियो
शरल, शुद्ध र निर्दोषको एउटा उदाहरण
भनौ... एउटा कविको खयाली कविता
या... एउटा चित्रकारको अविश्वसनीय चित्र
कुनै... संगितकारको मनै पगलाउने संगीत
खै थाहा छैन तिमी के थियौ
तर सानु तिमी साह्रै राम्री थियौ.....

फेरि कहिल्यै देखिन तिमीलाई कतै
चिया पिउन सधैं धाए त्यो चियापसलमा
खोजी हिड़े तिमीलाई भिड़-भाड़मा
कहिले हार्ट बाजारमा, कहिले हुल-मुलमा
अहँ कतै देखिन तिमीलाई
भेटिन तिमी जस्ती सरल र सुन्दर कोहि….
धेरै बर्ष बित्यो, धेरै उमेर ढल्यो
त्यो चियापसल पनि पुरानो भयो,
अझै पनि कहिले-काँहि चिया पिउन बस्दा त्यँहा
मेरो आँखा घरि-घरि त्यो चौतारीतिर जान्छ,
कतै तिमीलाई त्यही पाँउछु कि भनि
कतै फेरि तिम्रो त्यो मुहार देख्छु कि भनि
साँच्चै सानु तिमी कति राम्री थियौ
तिमी साह्रै राम्री थियौ....॥

- उहि तिम्रो सेन्टिफ्ल्याट कवि…..

Sunday, November 23, 2014

For 'Candy Crush' & 'Farmville' request senders [Nepali Poem]


Title: समर्पित.... ‘Candy Crush’ र ‘Farmville’ रिक्वेस्ट पठाउनेलाई.....

खेल्नु स्वास्थको लागि राम्रो भन्छन
तिमी खेल,
दिन रात खेल
उलिक उलिक भएर उल्टी गरुँजेल खेल
‘Farmville’ खेल कि ‘Candy Crush’ खेल
‘Love Triangle’ खेल या ‘Throne Rush’ खेल

तर....
मलाई किन कोचार्छौ
अब त घाँटी सम्म आई सक्यो....
टुँप्पी रिनीनी भई सक्यो
‘Candy’ नाम सुन्दै दिक्क लाग्ने भई सक्यो
न त मलाई फुर्सत नै छ
न त मन नै छ
हन खेल्नै परे ‘FIFA’ खेल्छु
‘PES’ खेल्छु, ‘Call of Duty’ खेल्छु,
‘Farm Ville’ मा साग उमार्नु भन्दा बरु
पर बारीको सब्जीमा पानी हाल्छु
‘Candy Crush’ मा रंग-बिरंगी
Candy मिलाउनु भन्दा बरु
एउटा ठूँटे कविता कोर्छु
बरु भावना मनको
सिगरेटको धुँवासंग रमलिएको हेर्छु....

हफ्तामा दुई-तिन चोटी चोटी ’Facebook’ खोल्दा
त्यो माथी ‘7 Notification’ देख्दा
हर्षित हुन्छु, गर्वित हुन्छु
कुनै राम्री बहिनीले ‘Comment’ पो गर्यो कि...?
कि कतै मेरो ग्याँचे ‘Photo’ मा ‘Like’ पो हान्यो...?
तर ‘Candy Crush’ र ‘Farmville’ को ‘Request’ बढ़ि देख्दा
मनै अमिलो हुन्छ,
जिऊ नै लल्याक-लुलुक गल्छ
काउ-कुति लाग्छ, टाउको कनाउछु
र फुस्रो मुख लगाई ‘Log Out’ गर्छु...

तिमी खेल न,
म बरु खादा लगाईदिन्छु
सयपत्रि माला चढ़ाई दिन्छु
अझै भएन ‘Certificate’ र ‘Medal’ थमाईदिन्छु
खेल्दै जाउ, जित्दै जाउ
कुनै दिन बजार-बजारमा सालिग ठड़ाईदिन्छु
तर बिन्ती छ,
मलाई चैं ‘Request’ नपठाईदेउ
बाँदरलाई नरिवल दिएर के फायदा...?
रिसाए रिसाउ, ठुस्के ठुस्क
अब घरि-घरि ‘Irritate’ नगरीदेऊ....
अब घरि-घरि ‘Irritate’ नगरीदेऊ....॥

- अमिर भण्डारी ‘छ्त्रे’

Tuesday, August 26, 2014

Nepali Poem .Ramailo Sahar... Jhanai ramailo gaon...


शिर्षक: रमाईलो शहर.... तर झनै रमाईलो गाँऊ....

हो साथी,
तिम्रो शहर रमाईलो छ
साह्रै रमाईलो छ
जता-ततै रमझम
पर्यटकको घुँइचो
व्यवसायीहरुको चाँदी कटाई
ह्याण्डसम र ब्युटीहरुको ताँती
त्यो एम.जी.मार्ग, लाल बजार,
टाइटेनिक पार्क, के के हो के के....
पक्का हो साथी,
तिम्रो शहर साह्रै रमाईलो छ....॥
तर त्यो रमाईलोपनमा,
त्यो हुल-मुल, भीड़-भाड़मा
कुन्नि किन यो मन त
यो देखावटीको संसारदेखि केहि पर
मेरो गाँउतिर नै हुन्छ
त्यो पाखा-पखेरा, त्यो धुप्पि-घारी,
त्यो घुम्ती, त्यो चप्लेटी,
त्यो बर-पिपलको रुख,
त्यो आँगनमा खेल्ने ढ़ुक्कुर्र र कलचुँडा,
यो मनै त हो,
आफ्नै गाँउतिर भाग्छ....॥
ती साथी भाई संग
कहिले आँगनमा
कहिले सड़क किनारमा
कहिले ती उत्तम आमाको चिया पसलमा
गफ्फ हान्नुको मजा
यो होटल र रेस्टुँरामा कहाँ आँउछ
त्यो कलाई र हलुँगेको मगमा
जाँड़ खानुको मजा
यो बियर र वाईनमा कहाँ पाइन्छ
यो कफी र केपाचिनोमा कहाँ आँउछ....॥
त्यो बारीको काँक्रा टिपेर
कर्याप्प टोक्दाको आनन्द
यी बजारको ओईलिएको काँक्रामा कसले पाँउछ
त्यो चिप्लो नस्पतीको बोटमा चड़ेर
नस्पती झार्दाको आनन्द
आइफल किनेर खाँदा कहाँ आँउछ....
ती आमाले पोलेको तातो-तातो मकै
नुनको चियासंग खाँदाको मजा
त्यो पप-कर्न र नाना थरी
के के जातीमा कहाँ पाइन्छ....
त्यो बर-धाराको चिसो संग्लो पानी
त्यो बाँसको धारा मुनि बसी
खलङलङ नुहाउदाको मजा
यहाँको ठस-ठस ब्लिजीङ पाउडर गनाउने
सावरमा नुहाउँदा कहाँ आँउछ....
फेरि पलैंटी कसी भुइँमा बसी
हातले माड़ खानुको मजा
यो डाईनिङ टेबलमा, काँटा चम्चीमा
कसले पो पाँउछ....॥
त्यसैले... साथी,
तिम्रो शहर रमाईलो छ
साह्रै रमाईलो छ
तर मेरो गाँउ जति हैन...
मेरो ठाँउ जति रमाईलो तिम्रो शहर छैन....॥
- अमिर भण्डारी

Sunday, July 6, 2014

Nepali Poem: Understanding garnu hai bhanu bajey

Title: Understanding गर्नु है भानु बाजे....!!
Genre: Comedy 
पोहोर साल जस्तै यो साल पनि फेरि
तिम्रो Birthday आँउदैछ
साहित्यको गुण-गाण गर्ने दिन
नेपालि भनि गर्व गर्ने दिन आँउदैछ....

कतिले बाकसमा राखेर 
कुच्चिएको, खुम्चिएको,
मुसाले खाईसकेको,
ठस-ठस ढ़ुड़ि गनाउने
दउरा सुरुवाल निकाली घाममा सुकाँउदैछन
कतिले दराजमा एक बर्ष देखि बन्द रहेको
धमिरा लाग्दै गरेको
माछा किराले खान थालेको
रामायण निकाली टकटकाउदैछन....

बिचरा,
लेउले पुरिसकेको
भानु बाजे, तिमी फेरि रमाउने भयौ
बनमाराको झाड़िले छोपिसकेको
भानु बाजे, तिम्रो मुर्तिले फेरि घाम देख्ने भयो….

हन.... हाम्रो बजारको कमिटी हल नेर पनि
तिम्रो प्रतिमा थिएछ....
मैले ध्यान नदिएर हो
या त जंगलले पुरेर हो
अहँ…. मैले त तिमीलाई कहिले देखेको थिइन
कति हिड़े, कति डुले म त्यो बाटो
सरी है बाजे, तिमीमा मेरो आँखा पटक्कै गएन....
रंग लाएर चटक्कै छौ होला अहिले,
खुशिले गद-गद भएर हाँसिरहेको छौ होला अहिले....
आफ्नो Birthday पर्खेर....

तर के गर्नु बाजे.....?
‘भानु जयन्ती’ भन्दा ‘भेलेन्टाईन डे’ लाई महत्व दिने
धेरै छन यहाँ
आदिकवि.... तिम्रो भन्दा
‘यामा बुद्ध’ र ‘लाउरे’ को छन धेरै fan यहाँ
दिउँसो रामायण पाठमा भन्दा
बेलुकिको ‘नाइट प्रोग्राम’ मा धेरै घुईचो हुन्छ यहाँ
दउरा सुरुवाल लगाउन नजान्ने त झन
कति छन कति यहाँ
नेपाली बोल्न लजाउने र ठुटे इंगलिश पढ़काउने
खोज्नु पर्दैन यहाँ.....

तर जे सुकै होस!
एकै दिनको लागि भएपनि,
जता-ततै.....
साहित्यको कुरो गरिनेछ
शुद्ध नेपाली शब्दहरु छानेर
वक्त्व्यहरु राखिनेछ
कविता पढ़िनेछ
रामायण पढ़िनेछ
फेरि बेलुकि उहि त हो
दउरा सुरुवाल, नेपाली टोपी
फेरि पट्याएर बाकसमा थन्काईन्छ
रामायण पोको पारि फेरि दराजमा राखिन्छ
अर्को साल फेरि भानु जयन्ति आउनेछ
लेउले छोपेको,
बनमाराको झोड़िले पुरेको
भानु बाजे... तिम्रो मुर्तिले घाम देख्नेछ....

भानु बाजे, नरिसाउनु तिमी
रिसले दाह्रा नकिटनु तिमी
साह्रै बिजी छौ है हामी सबै त
अब…. तिमी नै Understanding गरिदिनु
अब…. तिमी नै Understanding गरिदिनु………||

- अमिर भण्डारी

Monday, June 30, 2014

Epic Proposal....

Love is indeed a strange thing and when someone is suffering from this deadly disease they exhibit strange behaviours. This post is all about madness and stupidity of a person falling in love.

My friend (un)luckily fell in love with a colleague. He wanted to propose her in a different way. Not with the common methods like sending friend request in FB and flirting on chats, or with whatsapp, or kneeling before her with a bunch of flowers.... Instead, he wanted to make it epic and classic.

After thinking for a couple of days and spending some sleepless nights, he came with an idea of proposing her  through a poem (height of EPICness). It was already a bad idea and to top it all, he asked me to write a proposal poem. Can it get any worse? :) I don’t think so.....


So, I came up with the poem below.

प्रिये,
तिम्रो लागि हिँजो आज अफिसमा
जोड़ उकालो ओरालो धाँउदैछु
कविता लेख्न नआएपनि आफुलाई
मेरो साथिलाई लेख्न लाँउदैछु....

पहिलो नजरमा नै कुन्नि किन
मलाई तिमी नै मन पर्यो
हुनु त तिम्रो साथीपनि च्वाँक थियो
तर यो मनले तिमीलाई नै रोज्यो
बख्खुमा देखे तिमीलाई पहिलो चोटि
भुटानकी रानी झैं राम्री
मलाई पनि राजा झैं देख्यौ के तिमीले ?
आँखा मन परेको हो कि
तिम्रो गाला मन परेको
कि तिम्रो नाक ?
होइन, होइन मलाई त
सोलो-डोलो तिमी नै मन परेको....

तिमीले बोलेको हरेक शब्द
कानैमा गुनुनुनु गुंजिन्छ सधैं
खै घरि घरि म त
मच्छर भनि झुकिन्छु....
हिँजो आज त झन,
सपनिबाट पनि जुरुक-जुरुक व्युझन्छु
कुनै भट्टुले प्रपोज पो गर्छ कि तिमीलाई
भनि झसंग-झसंग तर्सन्छु....

ठुलो चाहाना के नै पो छ र
सानो सपना सजाएको छु
तिमीसंग अंगेटीमा आलु पोली खाने
फेरि मकैको सीजनमा मकै
भटमासको सीजनमा भटमास
यसरी सीजन-सीजनमा नानाथरी पोलेर खाँउ
संगै मिलेर हाम्रो सानो संसार सजाँऊ....

मैले त नानीको नामपनि सोंचि सके
केवल तिमीबाट ‘Response’ पर्खदैछु
सानो परिवार सुखि परिवार  भन्छन भन्नेले
तर 3-4 वटा त निकाल्नु पर्छ सोंच्दैछु....

कमि केहि छ भने भन मेरोमा
ह्याण्डसममा ह्याण्डसम छु
बडी-सडी बनाउनलाई जिम धाँउदैछु
फेरि भएन हरेक दिन नुहाँउदैछु
तिमीलाई कोरियन लुक्स मन पर्छ रे
जबरजस्ती कता-कता कोरियन जस्तो केश काट्दैछु....

फेरि सोँच्दैछु फिक्शेसन भए पश्चात
एउटा सेकेण्ड ह्याण्ड स्कुटी पनि किन्छु
तर फेरि तिम्रो लोड स्कुटीले थाम्छ के
तिमी बस्ने साथ स्कुटी नै भुँईमा
बस्ने पो हो कि ?

म चैं एसो तिमीलाई हेर्ने निहुँले
तिम्रो तिर धाँउदा
तिमी चैं सुत्तै, सुट्टुकै भागि जाँदा
यो मन कति रुन्छ तिमीलाई के थाहा
मैले साइट खेल्दै तिमीलाई हेरि मुसुक्क हाँस्दा
तिमीले उता मेरो साथीलाई हेरि मुस्कुराउँदा
यो आत्मा कति रुन्छ तिमीलाई के थाहा....?

अब त कलमपनि थाक्यो
म त झन लख्तरान भए,
यसै कविताको माध्यमबाट
‘I Love You’ भन्दैछु
भन्छौ भने ‘I Love You Too’ भनिदेउ
नत्र भने तिम्रो साथीको नम्बर देउ
नत्र भने तिम्रो साथीको नम्बर देउ….॥

 After I handed over this poem to my friend, he read it twice and then dropped the entire idea of proposing her. I don’t think the poem was that bad, was it? No… I think he dropped the idea because of some other reasons and I am thinking, I should help my friend and give this letter to the girl without his knowledge. After all, ‘a friend in need is a friend indeed….’ Isn’t it?? J  

Wednesday, April 2, 2014

Nepali Poem: अल द बेस्ट [All the best]

Poem Title: अल द बेस्ट.....

Genre: Comedy

हिँजो कान्छो खोकिले सिकिस्त,
कुनै दवाईले काम गरेन,
बजार गई ‘कोरेक्स’ सोधे,
दोकानेले टाउको देखि खुट्टा सम्म हेर्यो,
आँखा फुकाल्यो, नाक खुम्चायो,
र हुँदैन भनि टार्यो……
अस्ति पनि,
फुटेको बकेट टाल्न
‘डेनड्राइट’ पाईएन ।

तर यी दोकानेहरुलाई
थाहा छैन कि क्या हो ?
हिजो आज त ‘डेनड्राइट’ मात्र कहाँ हो,
‘मार्कर’ र ‘करेक्सन पेन’ पनि सुघँछ्न रे,
‘पेट्रोल’र ‘जुत्ताको पलीस’ पनि,
अझै कता सुन्दा त,
करेलाको जरा झनै ट्रिप दिने रे,
माछाको काँड़ा अड़किदाँ खाने गुराँसको
फुलपनि बेसि खाए झ्याप्पै बनाँऊछ रे,
हन…. कसरी थाहा पाँऊछन यी केटाहरुले,
कसले सिकाउछ्न् ?
यी सबको ‘हेल्थ बेनिफिट’ र ‘एडभान्टेज’ सिकाउने
कुन गुरु (गोरु) यहाँ छन् ?

अझै नपुगेर,
सुतकेरी आईमईले खाने
‘एस. पी.’ र ‘एन. 10’ पनि
यिनीहरुले नै खाने,
हन हामीलाई त ‘हेपाटाईटिस बी.’ को ईनजेक्सन
लाऊन डर लाग्छ,
यी झार-पातले त त्यो पनि लाउने ।

हो कि होइन हौ साँचि,
‘टोईलेटको ढब्बु’ पनि सुँघछन भन्ने सुन्दैछु ?
कठैबर, अब के रहयो र बाँकि,
कुखुराको सुली मात्र रहयो,
त्यो पनि नाकमा दलि
हिड़छन होला भोली ।

हन सुँघ्नु नै थियो भने,
‘अभिजालो’ सुँघ्नु नि,
मार्गी र पिनास च्वाट्टै हुन्थ्यो,
‘तितेपाती’ सुँघेको भए,
नाक्री फुटेको, भूत-प्रेत सबै भाग्थ्यो,
‘गोटी’ चेप्नु छोड़ेर,
‘बुढ़ो ओख्तीको’ चाना चेपेको भए,
जिउ दुख्नु च्वाट्टै हुन्थ्यो ।

आँखा पल्टाई, हिप्स सुकाई,
बुढ़ो बाऊ-आमाको आँसु पनि सुकाई,
सरम-धरम सबै लुकाई,
वरि-परी सबैको टाउको दुखाई,
हिड़छन् गजक्कै भई,
आफुले आफुलाई कुनि-के सम्झि ।

सिकाँउ है सिकाँउ अब सबै मिलीजुली,
आउने युवा-पिढ़ीलाई,
'उम्रिदै तिन पाते' होइन,
‘उम्रिदै झ्याङ’ जस्ता यी कर्णधारहरुलाई
स्कुलको झोलामा खाता-पेन्सिल नहोस बरु भोलि,
बोकुन सबैले एक-एक बट्टा ‘डेन्डु’
कसैले ‘मार्कर’, कसैले ‘पलिस’, कसैले ‘पेट्रोल’,
कसैले त अलिकति कुकुरको ‘आका’ पनि बोकनु,
खाँदै हिड़नु, लड़दै हिड़नु,
खुन पच्छे भई हिड़नु,
राम्रो उक्ति दिँदा नलाग्नेलाई,
अर्ति उपदेश नलाग्नेलाई,
यी भीरमा जाने गोरुलाई,
‘All the best’ छ भनिदिनु ॥

- अमिर भण्डारी, ‘छ्त्रे’
मलबाँसे, सोरेङ

Monday, March 24, 2014

Nepali Poem: एउटा छोरोको व्यथा...... [Euta choro ko byatha.....]

This is a poem written by my best buddy Prabhakar Chettri describing the emotions of a son who has so many dreams to be fulfilled, so many faces to bring happiness to. When his effort doesn't count and people judge him by the result.

Poem Title: एउटा छोरोको व्यथा......

किन लाग्छ यो जिवन गाह्रो मलाई
खै के गरुँ, कहाँ पो जाऊँ, कसरी मनाऊ यो मनलाई
आज भोलि डर लाग्न थालेको छ आफै-आफैमा
लाग्छ त्यसै मरिने पो होकि सपनाको थाकैमा,
आमाको आँखामा छ सपना छोरालाई अघि बड़ाउने
बाबाको मनमा छ तृष्ना उसलाई सफल्ता दिलाउने,
तर यो खोक्रिएको संसारले कसलाई पो देला जिउने आधार
यहाँ मानिस-मानिस लड़िरहेका छन, मचाई हाहाकार..... ॥

सत्यनै बोले, सत्यमै हिड़े, सत्यकै पुत्ला बनि,
तर चिनेनन् मलाई कसैले पनि एक सत्यवान भनि
लाग्छ भग्वान पनि पैसाले नै पाइन्दो हो,
नत्र..... किन गरिब अनाथ भो ?
अब त पाईला-पाईलाप्रति शंका लाग्न थालेको छ
कतै मानिसले मलाई पागल पो  देख्ने हो कि...... ??

भन्ने गर्छु म मेरो आमा-बुवालाई
म नै हो बुढ़ेसकालको लाठी,
तर लाग्न थालेको छ बोझ आफै उनिहरु माथि
कसलाई सुनाऊ मनको पीड़ा, सुनिदिने कोहि छैन,
यहाँ आफ्नै मानिस स्वार्थी भए
भए सारा संसार पराई,
बिन्ति छ मेरो हजुरहरुलाई
जस्ले पढ़े मेरो यो लेख
एक चोटि महसूस गरिहेर्नुहोस
कस्तो बित्दो हो यो असहाय छोरोलाई....
सायद मेरो यो लेख शब्दले नसुहाँउदो हो,
तर शब्दलाई सजाउन होइन मलाई
मेरो आफ्नो पिड़ा सुनाउनु हो.......॥

-प्रभाकर छेत्री, 
मलबाँसे सोरेङ

Thursday, February 27, 2014

Poem Title: काकी झुण्डिन् रे.....!! (Kaki jhundin re...!!)

This article is all about domestic violence and its aftermath.

Poem Title: काकी झुण्डिन् रे.....!! 

आज निकै खैला-बैला देख्दैछु
काका-काकी को घरमा
मान्छेको भिड़ पनि निकै छ
तिर्पल पनि ओड़ाईएको छ,
कोहि रुँदैछ्न् डाको छोड़ी
कोहि सुकसुकाईरहेछ
कोहि फेरि आँखा भरि आँसु बनाई
एकोहोरो टोलाईरहेछ ॥

एसो सोध-खोज गर्दा, काकी खसेछ्न्
रातिनै कतिबेला, पासो लगाई झुण्डिएछ्न्
सधैं मिठो बोल्ने ति काकी
त्यो हाँसिलो अनुहार,
मानौ उनि संग दुख भन्ने केहि थिएन,
तर अचानोको पिर खुकुरीले बुझ्दैन भने झै
उनको पनि आफ्नै पिर थिएछ,
सधै रक्सि खाएर घर आउने काकाले
कति घर-झगड़ा गर्थेछ्न्,
कति पिटथेछ्न्, कति जगाटाउथेछ्न्,
कति अरु संग आँखा लगाई
नाना थरि भन्थेछ्न् ॥

बुढ़ि कुटेर आफुलाई मर्द ठान्ने काका
आज एक कुनामा बसिरहेछ्न्,
ति निर्धक्क सुतिरहेकी काकीलाई
नियालेर हेरिरहेछ्न्......
अब काकाले कसलाई कुटेर
आफ्नो मर्दको सबूत दिने ?
कसलाई जगटाएर आफु बलियो महसुस गर्ने ?

त्यस्ता हजारौ काकाहरु छन् हाम्रो समाजमा,
पल्लो घर, ओल्लो घर,
माथिल्लो घर, तल्लो घर,
कोहि त आफ्नै घरमा होलान्,
जसलाई आफु मर्द हुँ भनेर
आफैलाई सधैं सम्झना गराउनु पर्छ,
बुढ़ि कुटेर, आमा-बाउ कुटेर.....
र त्यस्ता काकीहरु पनि छन होला
जो समाज को डरले, लाजले,
केहि नबोलि, शरिरभरि चोट बोकि
हाँसिरहेछ्न्, खोक्रो खुशि देखाईरहेछन् ॥

मर्दनै हुनु मन छ तिमीलाई भने
लड़ न ति समाजका कुप्रथाहरु सित,
ति जात-पात बेकारका ढ़ोङहरु सित,
हाम्रो अस्तित्वलाई औंला ठराउने सित,
ति हाम्रो चेलि-बेटी माथि हात-पात गर्ने,
छेड़-छाड़ गर्ने, बलात्कार गर्ने
लड़ न तिमी ति स्यालहरु सित,
ति हाम्रा छोराहरुलाई नानाथरि टेब्लेट बेच्ने
ति नशाका ब्यापारीहरु सित,
लड़छौनै तिमी भने,
लड़ तिमी ति भ्रष्टचारीहरु सित
ति सोझ-साझालाई लुट्ने हरेक लुटेराहरु सित
नछोड़ बरु कसैलाई,
ति समाजका बोझ र कलंकहरुलाई
जरै देखि उखेलेर फालिदेउ,
र पो मान्नेछौं तिमीलाई मर्द
त्यो मातेर भाँड़ा पछार्दैमा ,
ति निर्बल नारिलाई कुट्दैमा त तिमी
हाँसो को पात्रो बन्दैछौ,
एउटा नहुनु पर्ने उदाहरण बन्दैछौ ॥

अझै पनि बुझ्दैनौ तिमीले भने
भोलि फेरि एउटी काकी, माईजु, फुपु,
दिदी, बहिनी, छ्यामाको घरमा
फेरि तिर्पल ओड़ाईनेछ,
फेरि कोहि जिउ भरि चोट र
मनभरि पीर बोकि पासो लाउनेछ्न्,
कोहि बिख खानेछ्न्, कोहि हाम फाल्नेछ्न्,
स-साना नानि हरु पछि छोड़ेर,
उनिहरुको कलिलो हृदयमा नमेटिने छाप छोड़ेर ॥

- अमिर भण्डारी, ‘छ्त्रे’
मलबाँसे, सोरेङ

Monday, January 27, 2014

Poem Title: हन को बिदेशी......?? [Hana ko Bideshi....??]

'Nepali Nepal Jaa...
Bhutia Bhutan Jaa...
Lepcha ko thau chaina...!!"
                               - Old Settlers of Sikkim

This is what the posters read on the streets of Sikkim, and it was credited to Old Settlers of Sikkim. This poem depicts my frustration and anger on reading and hearing about the same.
P.S. This are my personal thoughts and I am not trying to manipulate anyone.

हिँजो राति म साह्रै छ्टपटाए
एता फर्के म, उता फर्के
कुरा के के खेलाए मनमा
झसंग-झसंग ब्यूंझे म,
निंद्रा पटक्कै लागेन ।

दिँउसो बड़ाबाउले पत्रिका पढदा
निकै फतफताउदै थिए,
‘हामी खाँटि सिक्किमे नेपाली,
बिदेशी हामी कि तँ हरु?’
भन्दै कराउँदै थिए ।

कुरो एसो बुझ्दा त
साँच्चै नै, मनै अमिलो भयो,
पहिला त अरुतिर बिदेशी (चाईनिज) भन्थे
अब त आफ्नै सिक्किममा पनि भन्न थाले,
आँटै हो कि इनिहरुको,
कि हाम्रो धैर्यको परिक्षा लिएको हो ?
कि साह्रै ‘old’ भएर
मगजले काम गर्न छाड़ेको हो ?


हन हाम्रो बाजेले त सिक्किम
लाप्चे, भोटे र नेपालीको भन्थे,
हाम्रा त बाजेको बाजे पनि
सिक्किमे नै थिए रे !
आज अचानकै हामीलाई बिदेशी भन्नेले
भोलि लखेट्न बेर छैन……
को हुन इनिहरु, कहिले आएका हुन
कता बाट आए, कँहा बाट छिरे ?
आज हाम्रै घरमा आएर
यो तेरो घर होइन भन्दैछन, कठैबर.....


यो लान्छ्नाले यदि कसैको मनमा
डड़ेलो लाग्दैन भने,
त्यो गोर्खे खुन उम्लिन्दैन भने,
जुरुरु कन्छिरी तातिन्दैन भने,
कहिले तातिने हो ?
जब कुम्लो कटेरो बोकाई
डाँड़ा कटाँऊछ तब ?
कि ‘भागो हमारा सिक्किम से….’
भन्छ तब ?

अब त क्रांतिकारी होस कि संग्रामी होस,
प्रजातांत्रिक होस कि कांग्रेसि होस
या त हिमाली राज्य नै होस,
झण्डा एक दुई दिन घरमा थन्काई
त्यो ruling र opposition को भावना लुकाई,
सबै मिली जुली, साथ भई
बोल्ने बेला आएको छ,
बिदेशी को हो र को होइन
लेखा-जोखा हिसाब गर्ने बेला आएको छ,
मैले त झण्डा थन्काईसके
तँपाई पनि एक-दुई दिन थन्काउनुहोस,
मेरो त कन्छिरी तातियो
अब तँपाई पनि तताउनुहोस,
सिक्किमे नेपालीको अस्तित्व माथि
यसरी प्रश्न हुँदा
लाटो भै मुक दर्शक नबन्नुहोस,
अझै पनि मुक दर्शक नबन्नुहोस ॥


-       अमिर भण्डारी ‘छ्त्रे’
मलबाँसे, सोरेंग

Monday, June 17, 2013

“ गल्फ्रेन्ड ” - Girlfriend [Nepali Poem]

Poem Title:  “ गल्फ्रेन्ड ”
Genre: Comedy

नभै हुंदै नहुने
भए पाल्नै सारो पर्ने,
कस्तो हो यो गल्फ्रेन्ड भन्ने प्राणी
खर्ल्याप-खुर्लुप पारेर जाने ॥

साथी-भाई हाथ समाई हिड़ेको देख्दा,
रातभरि गुन-गुन गुन-गुन गरेको सुन्दा,
क्लासमा संगै टाँसिएर बसेको देख्दा,
अनि संगै केंटिन धाएको देख्दा,
मलाई पनि असंतुलित रहर जागेर आयो
एकान्तमा च्वांक म्वाई खाएको देख्दा ॥

बल्ल-तल्ल एउटी मैले पनि छाने,
जोत-जात, लतर-पतर कुरा गरि एसो मनाए,
खुब आकाश पटि हेरेर हिड़ने भए
गल-फ्रेंडको धनि भए भनि ॥

त्यो रात त आकाशमा कालो बादल छायो,
चट्यांग-चुटुंग पनि जोड़ै गर्यो,
सिरक भित्र गुटुमुटु भई रातभरि गफ हाने,
तर प्रक्रितिको संदेश बुझ्नै सकिन,
हरेक चट्यांगले चिच्याई-चिच्याई कराएछ
तेरो कालो दिन शुरु भयो भनि ॥

त्यस पछि उहि त हो,
मोबाईलको बिलले गगन चुम्बकांति गर्यो,
टेड्डी र के-के बेच्ने भैया पनि जोड़ै उक्सियो
झन त्यो केंटिनको आज्ञा त........ ॥

फेरि भएन हफ्तै पछि घुम्नु जानु पर्ने रे,
नत्र relationship मा प्रोब्लेम आऊछ रे,
हरेक दिवस मा गिफ्ट नदिए
Importance घट्छ रे ।।

गिफ्ट दिंदा दिंदै पनि
Restaurant धाऊद-धाऊदै पनि,
रिसाको रिसाकै
एउटा कल नउठाऊदा पनि ॥

निंद्रा लाग्यो भन्नै नपाऊने, बोलनै पर्ने
पैसा छैन भन्नै नपऊने, आउनै पर्ने
समोसा दोकान त देख्दै नदेख्ने
Subway र CCD धाऊनै पर्ने ॥

तिम्रो dress up भएन रे,
तिम्रो hair style मन परेन रे,
कांटा ले खानु जानिन रे,
Romantic हुनु सकिन रे
यो सब जान्दा जान्दै love नै किन गर्नु ?
यो सोझो थिटो लाई tension किन दिनु ?

कुनै केटिले यो पढ़दैछ भने,
मुख बंगाएर ‘What rubbish!!’ नभनिदिनु
म पिड़ित B.F. को तर्फबाट लेख्दैछु
हाम्रो पनि पिड़ा बुझिदिनु......
कुनै केटाले पढ़दैछ भने,
मुसु-मुसु हाँस्दैछ भने,
कता कता घोंच्दैछ होला
‘मेरै कथा लेखेछ बजियाले’ सोंच्दै होला.....
हे नारि हो, हे G.F. हो
हामी B.F. जातिलाई पनि दया गरिदेऊ,
सत्य कुरा लेख्दैछु  म,
गल्ति भए माफ गरिदेऊ ॥

- Amir Bhandari, 'छ्त्रे'

Sunday, June 2, 2013

Old/Modern Nepali Ukhans.....

Here is a collection of some old ukhans and a modern version of it. The meaning of the modern unkhans remains the same with some pinch of humor to it. Enjoy!!

Old: Kina runchas mangaley...... afnai dhangaley.
New: Kina runchas mangaley.... GF ko tension ley!!

Old: Kaam payenas buhari, gundruk ma istri laga.
New: Kaam payenas buhari confession-confession khel...!!

Old: Jun goru ko singh chaina, teskai naam tikhey.
New: Jasley bau-aama kutcha, uskai naam shrawan kumar!!
New: Jun goru ko sing chaina tesko bistari palawcha!!

Old: Napauey le kera payo bokrai sanga khayo.
New: Napauney le walkman payo, marau ma bajayo!!
New: Napauney le candle payo, simaltarul samjera khayo!!

Old: Bhor ma janey goru lai ram-ram bhanna sakincha, kadh launa sakindaina.
New: Bhir ma janey goru lai all the best!!

Old: Junai jogi aye pani kanai chireko.
New: Junai party aye pani janta lai lollypop!!

Old: Nahcna Jandaina agan tero.
New: Nachna jandaina Michael Jackson lai dosh!!

Old: Hagi sakyo, dailo dekhyo.
New: Hagi sakyo, pani chaina!!

Old: Mukh ma ram ram, bagli ma chura.
New: Mukh ma ram ram, gozi ma quarter!!

Old: Khnaey mukh lai junga le chekdaina.
New: Khaney bhudi lai naito le chekdaina!!

Old: 12 barsa ramayan padyo.... Sita kasko budi bhanda Hanuman ko.
New: 12 barsa Ramayan padayo...........chora Christan bhayo!!

Old: Ghati herera hadh nilnu.
New: ghatti herera highneck kinnu!!

Old: Lato larcha ek baldyang, batho larcha 3 baldyang.
New: Lato larcha ek baldyang, batho lardai lardaina!!

Old: Jasley maha katcha, tesley hath chatcha.
New: Jasley maha katcha, maha mai chiplincha!!

And some others:
Bhara chora tera nati ..panati panatina ta katti ko katti..!!
fb lai chahiyo beautiful n handsome face, nani lai chahiyo american lays!!
Khai na khai lather ko topi lai!!
Facebook lai beautiful face, Nani lai American lays!!

Thursday, May 30, 2013

Mero Degree Holder Choro.... [Nepali Poem]

Title: मेरो Degree Holder छोरो.......
Genre: व्यंग्य [Comedy]



आयो छोरो आयो
नाकले धुँवा फुस फुस छोरदै आयो
हाथमा Marlboro चेपेर आयो
आयो छोरो आयो ||

टाटे पांग्रे केस बनाएर
जुम्राको गुड बोकेर आयो,
कानमा कुन्डल र आँखामा काजल
छोरि जस्तो भएर आयो ||

पढन भनि सहर पसेको छोरो
आज धेरै पढेर आयो,
भोलि को घर को सहारा बन्न
छोरो घर फर्केर आयो ||

आहा,
कति खुशी आमा हेर
झनै खुशी छन् बुवा
आखिर यत्रो सालको मेहनत पछि
छोरो Graduate भएर आयो ||

तर यो के ?
छोरो त ढुंग ढुंग खट्टू गनाउदैछ
खाएर आयो कि पिएर आयो
तर खट्टूको गन्ध लिएर आयो ||

नबोली कोठामा पसेर सुत्यो
"छोरा" भनि बोलाए बाउले
"Plz dont disturb!" भन्ने उत्तर आयो
अवाक्क थिए आमा-बाउ
बिचरा छोरा के भएर आयो ||

बाउ ले पुलुक्कै आमा लै हेरे
त्यो हेराई मा डर थियो,
लाज थियो, सरम थियो,
घुटुक्कै थुक निल्दै बाउले भने
"यो लठुवा के भएर आयो ?"

खट्टू को राप ले हो कि ?
मायालु को चाप ले हो ?
छोरो त निदाएछ,
कि Degree को धाक ले हो ||

Graduate छोरो स्वाँ स्वाँ गर्दै सुत्यो
जुरुक्कै फेरी निन्द्राबाट उठ्यो
अचानक Newton's Law को पो याद आयो कि
कि नया Invention को Idea आयो
तर छोरो फुत्त बाहिर निस्की, छादनु सम्म छादयो
Khowledge Overflow भाको भन्छ
तर Knowledge त ठुस ठुस Honey Bee गनाउछ ?
लड़बरिन्दै छोरो फेरी भित्र पस्छ
भुइँ मा फ्याततै लडी निदाऊछ ||||

सायद बेसी परेर हो कि
छोरो को आँखा सुनिएको,
रात भरि को Project ले हो कि
छोरो को hips सुकेको,
Semester को खटाई ले हो कि
नसै नसा भएको,
केस काट्न नभ्याएर होला
Einsten जस्तो पालेको ||

यो सोचि बाउले ठुलो सास फेरे
सुकेको छाती फुलाए,
सास अड्केछ बुदोको
झन्डै राम-नाम सत्य भए ||

छोरो दिनै Village Tour मा जान थाल्यो
बिहे बटुल जोरै धाउन थाल्यो,
यो Degree Holder छोरोको व्यवहार देखि
बाउलाई One son को tension ले पिर पार्यो ||

शास्त्र पढने बाटो हगुवा भन्ने त सुनेको थिए
College पढनेले आँगनमा छि-छि गर्यो,
पढेर ठुलो भै आमा-बाउलाई हेर्छ भन्ने
बाउको सपना पनि कहिले मर्यो मर्यो ||

तर जे होस्,
छोरो समाज सेवा धेरै गर्छ,
मरौ परौ पर्यों  यदि गाउमा भने
तेरह दिनमा मात्रै घर फर्किन्छ,
A trial, K pet र के-के तिर
जोड सिपालु भएछ ||

घरि पंचायततिर उठ्छु भन्छ
घरि गनेउला पाल्छु भन्छ
घरि खसी व्यापार गरि
पैसा अलिक कमाउनु छ भन्छ ||

अब बाउले एउटा बुहारी खोज्दैछन्,
यो छोरोलाई तह लाउनु सक्ने
Village Tour तिर गए खुट्टा भाच्ने
खट्टू खाएमा गाला पड्काउने
बरु संगै बसेर अलि अलि सडकाउने
नाक र कान छोडी अरुतिर पनि कुण्डल लाउने
साड़ी लाएर हिडेमा अल्झेर लडी हाल्ने
Jeans र Top मा नै Comfortable भन्ने
लांग्सा [ox], फाक्सा [pig], बुड़ो भैसी केहि नछोडने
लटर-पटर English पनि पड्काई हाल्ने
गाऊका सबै केटाहरुलाई राखी बाधि
"दादा" भनि हात समातेर हिड्ने,
तपाई को तिर छ कि
छ भने छ्यास्सै Miss Call गरिदिनु होला है ||


Note: Meant for fun. If this relates to someone living then what can I do? :P