Wednesday, April 2, 2014

Nepali Poem: अल द बेस्ट [All the best]

Poem Title: अल द बेस्ट.....

Genre: Comedy

हिँजो कान्छो खोकिले सिकिस्त,
कुनै दवाईले काम गरेन,
बजार गई ‘कोरेक्स’ सोधे,
दोकानेले टाउको देखि खुट्टा सम्म हेर्यो,
आँखा फुकाल्यो, नाक खुम्चायो,
र हुँदैन भनि टार्यो……
अस्ति पनि,
फुटेको बकेट टाल्न
‘डेनड्राइट’ पाईएन ।

तर यी दोकानेहरुलाई
थाहा छैन कि क्या हो ?
हिजो आज त ‘डेनड्राइट’ मात्र कहाँ हो,
‘मार्कर’ र ‘करेक्सन पेन’ पनि सुघँछ्न रे,
‘पेट्रोल’र ‘जुत्ताको पलीस’ पनि,
अझै कता सुन्दा त,
करेलाको जरा झनै ट्रिप दिने रे,
माछाको काँड़ा अड़किदाँ खाने गुराँसको
फुलपनि बेसि खाए झ्याप्पै बनाँऊछ रे,
हन…. कसरी थाहा पाँऊछन यी केटाहरुले,
कसले सिकाउछ्न् ?
यी सबको ‘हेल्थ बेनिफिट’ र ‘एडभान्टेज’ सिकाउने
कुन गुरु (गोरु) यहाँ छन् ?

अझै नपुगेर,
सुतकेरी आईमईले खाने
‘एस. पी.’ र ‘एन. 10’ पनि
यिनीहरुले नै खाने,
हन हामीलाई त ‘हेपाटाईटिस बी.’ को ईनजेक्सन
लाऊन डर लाग्छ,
यी झार-पातले त त्यो पनि लाउने ।

हो कि होइन हौ साँचि,
‘टोईलेटको ढब्बु’ पनि सुँघछन भन्ने सुन्दैछु ?
कठैबर, अब के रहयो र बाँकि,
कुखुराको सुली मात्र रहयो,
त्यो पनि नाकमा दलि
हिड़छन होला भोली ।

हन सुँघ्नु नै थियो भने,
‘अभिजालो’ सुँघ्नु नि,
मार्गी र पिनास च्वाट्टै हुन्थ्यो,
‘तितेपाती’ सुँघेको भए,
नाक्री फुटेको, भूत-प्रेत सबै भाग्थ्यो,
‘गोटी’ चेप्नु छोड़ेर,
‘बुढ़ो ओख्तीको’ चाना चेपेको भए,
जिउ दुख्नु च्वाट्टै हुन्थ्यो ।

आँखा पल्टाई, हिप्स सुकाई,
बुढ़ो बाऊ-आमाको आँसु पनि सुकाई,
सरम-धरम सबै लुकाई,
वरि-परी सबैको टाउको दुखाई,
हिड़छन् गजक्कै भई,
आफुले आफुलाई कुनि-के सम्झि ।

सिकाँउ है सिकाँउ अब सबै मिलीजुली,
आउने युवा-पिढ़ीलाई,
'उम्रिदै तिन पाते' होइन,
‘उम्रिदै झ्याङ’ जस्ता यी कर्णधारहरुलाई
स्कुलको झोलामा खाता-पेन्सिल नहोस बरु भोलि,
बोकुन सबैले एक-एक बट्टा ‘डेन्डु’
कसैले ‘मार्कर’, कसैले ‘पलिस’, कसैले ‘पेट्रोल’,
कसैले त अलिकति कुकुरको ‘आका’ पनि बोकनु,
खाँदै हिड़नु, लड़दै हिड़नु,
खुन पच्छे भई हिड़नु,
राम्रो उक्ति दिँदा नलाग्नेलाई,
अर्ति उपदेश नलाग्नेलाई,
यी भीरमा जाने गोरुलाई,
‘All the best’ छ भनिदिनु ॥

- अमिर भण्डारी, ‘छ्त्रे’
मलबाँसे, सोरेङ

0 comments:

Post a Comment