गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

Love letter that never reached the girl...

I still remember that day, the day when as usual I was 10 minutes early for the tuition...

Paradise Sikkim Facebook Page

Come, explore this tiny himalayan paradise state Sikkim.

Wednesday, February 16, 2011

भ्यालेनटाइन डे 2011 [Valentine Day 2011]



नआओस भनेको आई हाल्यो, गोजीको पैसा चिलाई हाल्यो
Girl Friend लाई त्यसदिन भेट्नै पर्ने रे, हात समाई हिर्नै पर्ने रे .

एक महिनाको gap मा बल्ल-बल्ल नुहाई
ओइलाएको फूल भगवान लाई चडाई
भए-भर का क्रिम-श्रीम लगाई
आँगनको गुलाब पिटिक्कै चुडाई
जान लागे म पनि Valentine Day मनाउनलाई .

केस सेस प्ल्यात्तै पारेर, जबरदस्ती korean हुनु खोजेकै छु
Zatak very very sexy हरे, हो के हऊ भनि त्यो पनि लगाएकै छु .

ढक-ढक dad को ढोका ढकढकाए
'कता मरेको बिहान-बिहान ?', dad को आशिर्वाद यसरी पाए
तर आशिर्वाद होइन मलाई त, Money देवताको खाँचो छ
Valentine Day मनाउनलाई dad तपाईको छोरोको गोजी रित्तो छ .

'कति चाहिन्छ ?' भन्ने dad को त्यो अमुल्य प्रस्न
यो मनमा calculation चल्न थाल्यो
Disco खर्च र teddy bear included, 7 हजार भनु भनु लाग्यो
Dad लाई heart attack हुन्छ भन्ने डरले 4 हजार भने
'4 हजार ?? salary माँगछस बजिया ?', बाउले आँखा फुकाले .

धेरै बेर को त्यो bargain र discussion
झन्डै world war मा बदल्यो
2 हजारमा बल्ल-बल्ल दाम मिल्यो
र छोरो bag भिरी valentine day मनाउन हिड्यो .

कानमा earphone ठुसी english song बज्दैछ
पत्तो छैन के भन्दैछ भन्दैछ
गोजीको गुलाब कुच्ची सक्यो होला
मनमा कता कता चिसो पस्यो
'Sila ki jawani' ringtone बजेको थाहा पाए
गोजी बाट उही थोत्रे mobile निकाले
हेरेको त उही जिलीगांटे मायालुको नाम रहेछ
'Darling, where coming? I m waiting!' अनौठो message परेछ .

यो message हेर्दा त मेरो मनै मरी आयो
पक्का पनि उसको X bf English honors होला भन्ने संका लाग्यो
फेरी के के सोंची आफ्नो मनलाई थामी हाले
'Yes coming, batoma coming' भनि reply पठाए .

बल्ल तल्ल म राजधानी gangtok पुगे, गाडीबाट झरी केस लुगा दस चोटी ऐनामा हेरे
गज्ज़क्क गजमुंटे गणेश जस्तो मेरो अनुहार देखि, आफै आफै दङ्ग परे .

एसो पर हेरेको त चिनेकै बैनी हास्दैछे
Smart देखेर होला म पनि हाँसी दिए
आँटा जस्तो अनुहारमा powder धसेकी
Rajesh Hamaal जस्तो कपाल छोरेकी
ब्यागबाट ऐना निकाली र ओंठमा lipstick लाउन थाली .

Skin tight sweator र leggings मा, उ त पक्कै सानो को tun-tun होला
चालको लागि हो कि के हो, हात मा छ laptop को झोला .

कतै उ नै त मेरो जिलीगांटे मायालु होइन ?
हो कि के हो ? बहिनीलाई चिन्नै सकेको छैन
'Hi darling' भनेर घ्वाप्पै अंगालो हाली
सास फेर्नु नसक्ने गरि मलाई मठारी .

'Why so late?' उसको त्यो मधुर बोलि, भ्यागुताले टर्र-टर्र गरे जस्तो
Lipstick लगाको उसको त्यो रातो ओंठ, भोगोटेको ठुलो केस्रा जस्तो
सारै राम्री छे है मेरी मायालु तर अलिक नक्कली
उसलाई देख्दा गीत याद आउछ masakkali masakkali .

भुइँ कुख्री जस्तो उ अघि अघि लागि, म पछि-पछि भाले झै गए
MG Marg र कता-कता घुम्दै, Valentine day 2011 पनि बिताए .

मेरो त g.f. एकदम खुशी भै
गालामा च्वाक्क मोई खाई र खुरुक्कै आफ्नो घर गई
एसो गोजीमा हेरेको त एउटा कागज भेटे
फाट्नै लागेको 5 rupee रैछ, म मुसुक्क हाँसे
'पान कति हो भैया ?' भनेको त 10 rupee भन्छ
सरम पचाएर सोधे मैले, 'half पान 5 rupee मा पाउछ ?'

दोकाने को देखि झन्डै झटारो खाए
सुईकुच्चा ठोक्ने भाको उत्तानो चित परि लड़े
असाध्यै नराम्रो संगले चाक ठोक्किएछ, झन्डै मरे .

दुख-सुख valentine day पनि सकियो काबू पनि भैयो
अब कान पकड़े मनाउदिन
न त गुलाब नै दिन्छु उसलाई
उ रिसाए रिसाओस, म जान्दिन
बोरु 14th Feb. fasting बसी दिन्छु
मौन ब्रत पनि थपी दिन्छु
Happy valentine Day भन्यो उसले भने
म Same to you भन्दै भन्दिन .

Dedicated to pumpy....... :)