गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

Love letter that never reached the girl...

I still remember that day, the day when as usual I was 10 minutes early for the tuition...

Paradise Sikkim Facebook Page

Come, explore this tiny himalayan paradise state Sikkim.

Sunday, November 23, 2014

For 'Candy Crush' & 'Farmville' request senders [Nepali Poem]


Title: समर्पित.... ‘Candy Crush’ र ‘Farmville’ रिक्वेस्ट पठाउनेलाई.....

खेल्नु स्वास्थको लागि राम्रो भन्छन
तिमी खेल,
दिन रात खेल
उलिक उलिक भएर उल्टी गरुँजेल खेल
‘Farmville’ खेल कि ‘Candy Crush’ खेल
‘Love Triangle’ खेल या ‘Throne Rush’ खेल

तर....
मलाई किन कोचार्छौ
अब त घाँटी सम्म आई सक्यो....
टुँप्पी रिनीनी भई सक्यो
‘Candy’ नाम सुन्दै दिक्क लाग्ने भई सक्यो
न त मलाई फुर्सत नै छ
न त मन नै छ
हन खेल्नै परे ‘FIFA’ खेल्छु
‘PES’ खेल्छु, ‘Call of Duty’ खेल्छु,
‘Farm Ville’ मा साग उमार्नु भन्दा बरु
पर बारीको सब्जीमा पानी हाल्छु
‘Candy Crush’ मा रंग-बिरंगी
Candy मिलाउनु भन्दा बरु
एउटा ठूँटे कविता कोर्छु
बरु भावना मनको
सिगरेटको धुँवासंग रमलिएको हेर्छु....

हफ्तामा दुई-तिन चोटी चोटी ’Facebook’ खोल्दा
त्यो माथी ‘7 Notification’ देख्दा
हर्षित हुन्छु, गर्वित हुन्छु
कुनै राम्री बहिनीले ‘Comment’ पो गर्यो कि...?
कि कतै मेरो ग्याँचे ‘Photo’ मा ‘Like’ पो हान्यो...?
तर ‘Candy Crush’ र ‘Farmville’ को ‘Request’ बढ़ि देख्दा
मनै अमिलो हुन्छ,
जिऊ नै लल्याक-लुलुक गल्छ
काउ-कुति लाग्छ, टाउको कनाउछु
र फुस्रो मुख लगाई ‘Log Out’ गर्छु...

तिमी खेल न,
म बरु खादा लगाईदिन्छु
सयपत्रि माला चढ़ाई दिन्छु
अझै भएन ‘Certificate’ र ‘Medal’ थमाईदिन्छु
खेल्दै जाउ, जित्दै जाउ
कुनै दिन बजार-बजारमा सालिग ठड़ाईदिन्छु
तर बिन्ती छ,
मलाई चैं ‘Request’ नपठाईदेउ
बाँदरलाई नरिवल दिएर के फायदा...?
रिसाए रिसाउ, ठुस्के ठुस्क
अब घरि-घरि ‘Irritate’ नगरीदेऊ....
अब घरि-घरि ‘Irritate’ नगरीदेऊ....॥

- अमिर भण्डारी ‘छ्त्रे’