गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

Love letter that never reached the girl...

I still remember that day, the day when as usual I was 10 minutes early for the tuition...

Paradise Sikkim Facebook Page

Come, explore this tiny himalayan paradise state Sikkim.

Monday, November 28, 2011

छत्रेको डायरी - भाग १ [Chatrey ko diary - Part 1]


छत्रेको डायरी - भाग १

२० साल पुग्दा नपुग्दै आफु बुड़ो भएको भावनाले ग्रसित भएर कलम चलाउन बाध्य भए | यतिका सालहरुमा मुस्किल ले ५ फीट बढेको यो ठाडो शरीर कुन दिन पुलुक्कै हुने हो र आफ्नो नामको अघि पनि स्वर्गवासी टायटल थपिने हो |  हुनु त मैले स्वर्ग जाने केहि काम गरेको छु जस्तो त लाग्दैन तरै पनि आजसम्म कसैले 'नर्गवासी फलानो ढिस्को' भनेको नसुनेको ले यो मनमा कता-कता हर्स पनि लाग्छ, स्वर्गै जान्छु भनेर |

हिजो मात्र जस्तो लाग्छ कट्टु बिनाको हाप्पेन लाएर लुखुर-लुखुर बजार गाको, सुलसुले खेल्दा फेरी त्यै हाप्पेनको पनि पछाडी पट्टि प्वाल परेको, भुइँ खोदाली-खोदाली जंगली अमला खाको, गनेउला पोलेर माछा भन्दै खाको, बाँसको जराको लाते भुकुंदो खेलेको, के-के जाति चै गरिन र मैले ?

एक-दुइ दिन गर्दै कति छिटो दुनिया कहाँ देखि कहाँ आइ पुगेछ पत्तै पाईएन  | त्यो फाटेको लुखुरे हाप्पेनपनि आमाको लागि झुम्रो भईसकेछ |  त्यो हिजो को कट्टु नचिन्ने केटा पनि आज Jockey र Neva मात्रै खोज्ने भएछ | कठैबर......

सानो हुँदा कहिले ठुलो हुनु र के-के गरुँ भन्ने भावनाले मनै अमिलो पारि दिन्थ्यो तर आज ठुलो भएपछि भने नक्कली केटिहरु हेर्दा-हेर्दा आँखै धमिलो हुन्छ |  जे होस् उमेरलाई दोस दिंदै भए पनि  सुन्दरता छर्दै हीन्ने ठिटीहरु चै हेर्ने गर्छु, आँखा लोभी मन पापी भने झैँ |  तर जे भने पनि छाउरो कुकुरले छाउरी कुकुर पछ्याएको जस्तो पछ्याउनु चै सिकेन यो ज्यान ले, नत: ट्वाक्क-ट्वाक्क जिब्रो पड्काउनु सिक्यो..... बरु हेर्यो घुटुक्क थुक निल्यो बस:  |

सानै देखि बाऊ-आमाको आज्ञाकारी बालक भएपनि श्रवणकुमार भन्ने उपाधि भने कहिले पाईन र चाहिएन पनि | हुन त श्रवणकुमार हुने जोसमा धनु-कांड लिएर हिड्दा मौरीले चिलेको एउटा घटना अझै मेरो घरमा हाँस खेलको लागि बर्णन भै रहन्छ |
 
नेपाली साहित्यकार बनि नेपाली समाजमा योगदान पुरयाउने ठुलो इच्छा र सपना बोकेर अघि बढीरहेको यो मोरो आज अलपत्रै बाटोमा ट्वाँ परेको जस्तो लाग्छ  |  लाग्छ कि अझै यो हातमा नेपाली साहित्यलाई योगदान पुरयाउने खाल्को ताकत आएको छैन | एउटा मोरोले त प्याच्च बोली हाल्यो कि दाह्री-जुंगा नफुलुन्जेल त जति लेखेपनि जति धसेपनि कसैले पत्याउने हैनन् |
 
तर कसैले पत्याउने र नपत्याउने कुराले यो मोरोलाई तातो न छारो हुन्छ | यो मोरोलाई लेख्ने जोस चलेकै छ | यसको प्रमाण तपाई यो कुराबाट लगाई हाल्नुहोस कि यस समय सबैजना परीक्षा दिनमा ब्यस्त छन् र म भने यो कक्षामा बसेर प्रस्न-पत्रको पछाडीपट्टि यो लेख लेख्दैछु........
 
क्रमस......................
[जब छत्रे फ्री हुन्छ]