Wednesday, October 19, 2011

यो फुटेको खप्पर...... भाग-1 [Yo futeko khappar - part 1]

यो फुटेको खप्पर...... भाग-1

हिजो आज त अचम्मै हुनु थालेको छ। मनमा नाना थरीको भावनाहरु आइ रहन्छ।  खोइ यो मेरो मनभित्र कुनै साहित्यकारको आत्मा पस्यो कि क्या हो? होला......मन मनै कविता लेख्न थालेको छु। झन हिजो त अचम्मै भयो, एउटा महकाब्य लेखी पठाए। एउटा राम्री केटी देख्नै हुँदैन, मनमा के के भावनाहरु आउन थाल्छ। तर खोइ, त्यो मनको भावनाको छाप गालामा बस्छ भनेर डर  लाग्छ। त्यसैले यो भावनालाई मनभित्रै गुम्साएर राख्न  बाध्य छु। 

मन भित्रनै एउटा पुस्तकालय बनी सकेकोछ तर त्यो किताबहरु  केवल मैले मात्रै  पढेको  छु,  त्यो तथ्यहरु केवल मैले मात्र बुझेको छु । तर ती सबै तथ्यहरु बेकारका हुन् । ती सबै मैले उहिले क्लास १०  मा पढेको trigonometry हरु जस्तै हुन् जुन मलाई कहिले पनि काम लागेको छैन अनि लाग्दैन पनि ।
 sin(theta)  = cos(theta) / tan(theta) भए पनि, या
sin(theta) = tan(theta) / cos(theta) या (alpha) भए पनि
यो मोरोलाई केहि तातो-छारो छैन । तेती मात्रै कहाँ हो र ? अकबर को छोरो बाबर हो कि बाबर को नाती अकबर हो, यो मोरो ले बुझ्नै सकेको छैन । अब कसलाई दोस दिनु र ?

तर जे होस् हिजो आज भने चै यो मनलाई खोइ के-खोइ के भैरहेको छ । सत्ये रामा-राम भाकै छ । घरि घरि त मलाई मेरो बाऊ-आमा संग झोक झोक चल्छ । मलाई अलिक छिटो जन्माएको भए सायद म पनि एक-दुइ कृति हरु लेखि दिन्थे होला । मेरो बाजे झन् ढिलो, अभुई मेरो बाजे को बाजे झनै ढिलो । मलाई  L.P. Deokota भन्दा छिटो जन्माएको भए सायद म लेक्थे माहाकाब्यहरु, मुना मदन अनि के-के जातिहरु । भानु बाजे भन्दा छिटो जन्माएको भए? ओहो सोच्दा मात्रै आनन्द लागेर आऊछ...... रक्सी खाएर आनन्द आएको जस्तै  !!

अब के लेख्नु ? के छ र बाकी ? केहि राखेनन्...... खण्ड काब्य, लघुकाब्य , के-के काब्य सबै सबै सिद्धियो । यो दुइ पौण्ड को दिमागलाई एसो जोर लगाई हेर्दा त खोइ केहि देख्दिन । 

फेरी अर्को टेन्सन छ: दुख सुख गरेर एउटा काब्य लेखि हाले भने पनि पर्लान् के इनिहरु ? फेसबुकका किरा हरुलाई त म पटक्कै बिश्वास लाग्दैन । मेरो किताब फ्लोप बनाईदिए भने ? के ठेगान इनिहरुको ? कस्तो राम्रो राम्रो चलचित्र त फ्लोप बनाई दिन्छन । फेरी डराएर नलेख्नु पनि नभाको..... सारै ठुलो धर्म-संकटमा परे नि बाबै ।

जे सुकै होस्  I believe I can fly भन्ने  गीत सम्झिदै म पनि काम गर्नु थाल्छु । यो दुइ पावा को गिदीमा घरि घरि त जोश चल्छ । कि ति सबै नेपाली कृति हरुको second version निकालीदिउ ?
  •  'मुना-मदन' जस्तै  'माईली-हर्केको माया प्रिती' ।
  •  'गाईने-गीत' जस्तै  'Jackson Songs' ।
  •  'सुलोचना' जस्तै 'धन-कुमारी'  ।
  • 'पुतली' जस्तै  'The Butterfly' ।
  • 'Badhu Shiksa '  जस्तै 'Bride's IQ Test'  ।
  • 'Bhakti Mala'  जस्तै 'Faith Garland' ।
अहिले मान्छेलाई first version त पर्ने फुर्सत छैन, मेरो second version कसले पर्ला र ? जे होस् यो कृतिहरु छिट्टै बजारमा आऊदैछ । wait गर्नुहोला.....
 क्रमस:.....



0 comments:

Post a Comment