Friday, May 3, 2013

School jana mana lagyo..... [Nepali Article]


Title: स्कुल जान मन लाग्यो 


अचानकै पुरानो याद ताजा भई आयो
फेरी मलाई स्कुल जान मन लाग्यो ,
फेरी सेतो शर्ट, निलो प्यान्ट
कालो जुत्ता टाई लगाई ,
खाता चेपि हिड्न मन लाग्यो ,
अचानकै फेरी मलाई स्कुल  जान मन लाग्यो ||

त्यै बिहानको घण्टी, साथी भाईको जमघट
घचेटा घचेट फेरी एसेम्बली ,
त्यै 'प्रभु तिमी' प्रार्थना 'जन-गण'
सुर मा सुर मिलाई गाउने इच्छा जाग्यो ,
किन हौ आज मलाई स्कुल  जान पो मन लाग्यो ||

छड्के आँखाले उसलाई चियाउदै हेर्दै
कागजको डल्लाले फेरी हिर्काउदै ,
कहिले उसले लजाउदै पुलुक्कै हेर्दा को आनन्द
आज फेरी गुटमुटीएर आयो ,
अचानकै फेरी मलाई स्कुल जान मन लाग्यो ||

टिचर नआउदा टेबल ठटाई  गीत गाएको
कागजको हावा जहाज बनाई उडाको ,
कुनै एउटा साथीको सबै मिलि खिल्ली गरेको
सबै पलहरु हुरी जस्तो बनि फर्की आयो ,
किन हौ आज मलाई स्कुल  जान पो मन लाग्यो ||

बुकको सिरानी लगाई सुतेको ,
घरि घरि हावा खानु टोइलेट धाएको ,
त्यो डेस्कमा अनेक थरि कोरेको
साथी भाईको देखि होमे वोर्क चोरेको ,
त्यो ब्यर्थको डर, त्यो वास्तविक खुशी
त्यो Original हाँसो ,
आज फेरी बाँचेर हेर्ने इच्छा जाग्यो
अचानकै फेरी मलाई स्कुल  जान मन लाग्यो ||

कहिले छुट्टिको घण्टी लाग्छ भन्ने त्यो उथुल-पुथुल ,
प्लिक प्लिके(Digital) घडी मा आँखा ,
भोकले कराई रहेको भुड़ी ,
टंग-टंग गर्दाको त्यो रमनय अनुभूति ,
ओहो, सब्दले कहाँ हुन्छ बर्णन ?
त्यो बाँचेर हेर्दा मात्रै थाहा हुन्छ ,
मलाई फेरी त्यो दुनियामा फर्किन मन लाग्यो
किन हौ आज मलाई स्कुल  जान पो मन लाग्यो ||

Card board बोकि exam गर्नु गएको
सबै Question फेरि जानेकै आएको,
त्यो हरियो चौरमा बसि गफ हाँकेको ,
छेउ-छाउ  केटि देखे फेरि अलिक Over-smart भाको ,
दुइ पन्ना को Love letter लेखि पठाको ,
साथमा एउटा Dairy Milk पनि हालेको ,
त्यो Friendship को कार्ड, Birthday को कार्ड पाउँदा को खुशी
आज को SMS Friend Request मा कहाँ ?
मलाई [त्यो] पुरानो दिन फेरि बाँच्ने रहर जाग्यो
अचानकै फेरी मलाई स्कुल  जान मन लाग्यो ||

फेरि सुन्दा ,
नेपाली पड़ाउने गणेश सर  पनि खस्नु भएछ ,
Civics पड़ाउने डी. बी. सर पनि ,
फेरि सी. पी. सरको ट्रान्सफर भयो रे
अरु-अरु गुरु-गुरुमाको पनि ,
पन्त सर रीटायर भई सक्नु भएछ
हिन्दीको निरा मेम पनि ,
अब स्कुल पुरै नँया भई सकेछ ,
घन्टी लाउने प्रेम दाजुपनि बुड़ो भई सकेछ ,
हामीले पर्यावरण दिवसमा रोपेको रुख
कति ठुलो भएछ ,
त्यो सँगै बेन्चमा बस्ने साथी
दुइटा नानीको बाऊ भएछ ,
कोइ गाडीको मालिक भएछ ,
कसैले बिल्डिंग ठराई सकेछ ,
कसै ड्रग्स चेपि आँखा रातो बनाई
नाचिने झैँ गरि हिडी रहेछ
कसै पुलिस भए, कसै IRB भएछ
सबै आफ्नो-आफ्नो लगानीमा लागेछ ||

कसैमा त्यो पुरानो साथी देख्दिन
समय सँगै सबै परिवर्तन भई सकेछ ,
एसो हेर्दा पनि निकै बदलिएछु
दाह्री-जुँगा फुल्न लागेछ ,
तर जे-होस मलाई त्यहि पुरानो साथी-भाई भेट्ने इच्छा जाग्यो ,
मलाई फेरी एकपल्ट स्कुल जान मन लाग्यो
मलाई फेरी एकपल्ट स्कुल जान मन लाग्यो ||

0 comments:

Post a Comment