Monday, January 7, 2013

'Chinese nahi bhaiya Sikkimese...'

A funny poem depicting how students of Sikkim and North Eastern States are called chinki and chinese in the main land India and treated as outsiders.

Title: 'चाईनिज नही भैया..... सिक्किमिज़'
Genre: व्यंग्य [Comedy]


अकस्मात, झटारिएर,
उछिटिएर, लड़बरिन्दै,
म कहाँ आईपुगेछु !
अस्त ब्यस्त शहर,
मान्छेको भीड र हतार
म यो कहाँ आईपुगेछु ?

पहिलो दिनमै,
केहि छिनमै
जता ततै 'ए चिंकी'
'ए चाईनिज' मात्र सुन्छु,
आफ्नै मूल आफ्नै देशमा
बिदेशी भनिन्दा
कता कता उदास हुन्छु ||

'चाईना नही सिक्किम'
भन्दै बुझाउनु खोज्दा
'ये सिक्किम कहाँ पड़ता है ?'
भन्ने अफ्ठ्यारो प्रस्न पाउछु
'इंडियामे ही पड़ता है भैया !'
भन्दै आफ्नो बाटो तताउछु ||

हन, कहिले कहिँ त
आफैलाई प्रस्न गरि पठाऊछु
म पनि भारतीय नै होइन र ?
इंडियाले वर्ल्ड-कप जित्दा
के म उफ्री-उफ्री नाचिन र ?
हाम्रो राष्ट्रिय गान बज्दा
के हामी उठ्दिनौ र ?
'कालो धन फर्काऊ'
भन्दै अन्ना बाजे अनसन बस्दा
के हामीपनि भोक भोकै बसेनौ र ?

तरै पनि खै त,
'सिक्किम कहाँ पड़ता है ?' भन्छन....
'नेपालमे कि चाइनामे ?' सोधछन् ....
हन, सानो छदा भूगोलमा
इंडियाको म्याप हेरेनछन् कि कसो?
छ्यास्स उक्सिएर उभो निस्केको सिक्किम
देखेनछन् कि कसो ?

कि त सिक्किमको समाचार
आज तक र इंडिया टिवी तिर नआएर हो
कि सिक्किमको IPL को टिम नभएर हो ?
कि हामी  एति शान्त स्वभावको  भएर हो
सिक्किमलाई धेरै नचिनेको......

हन, हाम्रो आँखा चिम्से नै भए पनि
हामी ह्यान्डसम र ब्यूटीफुल  नै छौ
नाइटोमा हामी प्यान्ट लाउदैनौ,
मुरीले जुत्ता छोपदैनौ,
चप्पलमा टाई लाउदैनौ ||

तर हामी कहिले तिमीलाई हेरेर हाँसछौ र ?
सिक्किमतिर आउदा तिमीलाई
नाईजेरियन र अफ्रिकन भन्छौ र ?
फेरी हामी चै किन आफ्नै देशमा
भारतीय जस्तो नठानिएको ?
किन अर्कै ग्रहको प्रजाति
जस्तो मानिएको ??

त्यसैले दाह्रा किट्दै भएपनि
'सिक्किम इंडियामे पड़ता है' भन्दैछु
नबुज्नेलाई खुर्पाको बेड़ भने जस्तै
'चाईनिज नही..... सिक्किमिज़' बुझाऊदैछु  ||

Note: Not meant to harm the sentiments of any.

0 comments:

Post a Comment