गल्फ्रेन्ड - Girlfriend [A funny nepali poem]

नभै हुंदै नहुने, भए पाल्नै सारो पर्ने...

123

Sunday, August 6, 2017

अस्पतालले जन्माएका यादहरु...

पोहोर साल यसै महिना, आमा अपरेसनको लागी अस्पतालमा भर्ती हुनुहुन्थ्यो। आमाको बेडको छेवैको अर्को बेडमा एकजना दिदी थिई। झट्ट हेर्दा ६०-७० जस्तो देखिने तर वास्तवमा उनको उमेर ४०-४५ मात्र थिएछ्... बिमारले साँच्चै मान्छेलाई कति चाड़ो बुड़ो जस्तो बनाई दिन्छ। उनलाई अक्सिजन लाएर राखिएको थियो, एक हातमा डिप्सको पानी चड़ाईएको थियो भने अर्को हातबाट रगत्। बेडको दुवैपटी स-सानो प्लास्टिकको थैलो झुण्डिएको थियो, एउटा थैलोमा शरिरको मैला रगत जमा हुन्थ्यो भने अर्को थैलोमा...