सानु तिमी कति राम्री थियौ,
एकै नजरमा आँखामा बस्ने
आँखाको बाटो भई मनमा
उत्रिने
त्यो सुमधुर मुस्कान ह्रृदय
पगलाउने
सानु तिमी साह्रै राम्री
थियौ.....
एकै चोटी मात्र देखेको
तिमीलाई
त्यही चिया पसलबाट तातो
चिया पिँउदै
तिमी भने त्यो चौतारीमा
बसेर आफ्नो साथीहरु पर्खिरहेकी
तिमीले देखेनौ सायद मलाई
तर मैले तिमीलाई देखिरहे, हेरिरहे
त्यो शायद प्रेम होइन, माया होइन....
खै: के थियो तिम्रो
मुस्कानमा
तिम्रो चाल ढ़ालमा,
त्यो अनुहारमा झरेको केशलाई
कानको पछि सिउरिने तिम्रो
अन्दाजमा
त्यो लौ-लौ परेका कलिला
हाथका औंलाहरुमा
या तिम्रो कानमा सिउरिएका
साना सुन्दर झुम्काहरुमा
जति नहेरौं भनिरहे, त्यतिनै टुलु-टुलु हेरिरहे,
म त लट्ठै परे तिम्रो पातली
ति ओंठैमा,
त्यो घड़ी हेर्दै खुम्चिएका
आँखीभावहरुमा,
ति गाजलु आँखाहरुमा,
बस्दा खेरि भुँई नछुएर
हावामा हल्लि रहेका
खुट्टाहरुमा,
त्यो हाथमा भएको गुलाबी
रंगको रुमालमा
खै.... म त लट्ठै परे
तिमीमा....
न त तिम्रोमा राम्री छु
भन्ने घमण्ड देखिन्थ्यो
न त दुनियासंग केहि वास्ता
नै थियो
शरल, शुद्ध र निर्दोषको एउटा
उदाहरण
भनौ... एउटा कविको खयाली
कविता
या... एउटा चित्रकारको
अविश्वसनीय चित्र
कुनै... संगितकारको मनै
पगलाउने संगीत
खै थाहा छैन तिमी के थियौ
तर सानु तिमी साह्रै राम्री
थियौ.....
फेरि कहिल्यै देखिन तिमीलाई
कतै
चिया पिउन सधैं धाए त्यो
चियापसलमा
खोजी हिड़े तिमीलाई भिड़-भाड़मा
कहिले हार्ट बाजारमा, कहिले हुल-मुलमा
अहँ कतै देखिन तिमीलाई
भेटिन तिमी जस्ती सरल र सुन्दर कोहि….
धेरै बर्ष बित्यो, धेरै उमेर ढल्यो
त्यो चियापसल पनि पुरानो भयो,
अझै पनि कहिले-काँहि चिया पिउन बस्दा त्यँहा
मेरो आँखा घरि-घरि त्यो चौतारीतिर जान्छ,
कतै तिमीलाई त्यही पाँउछु कि भनि
कतै फेरि तिम्रो त्यो मुहार देख्छु कि भनि
साँच्चै सानु तिमी कति राम्री थियौ
तिमी साह्रै राम्री थियौ....॥
- उहि तिम्रो सेन्टिफ्ल्याट
कवि…..