Title: स्कुल जान मन
लाग्यो
अचानकै पुरानो याद ताजा
भई आयो
फेरी मलाई स्कुल
जान मन लाग्यो
,
फेरी सेतो शर्ट,
निलो प्यान्ट
कालो जुत्ता र टाई
लगाई ,
खाता चेपि हिड्न
मन लाग्यो ,
अचानकै फेरी मलाई
स्कुल जान
मन लाग्यो ||
त्यै बिहानको घण्टी, साथी
भाईको जमघट
घचेटा घचेट र
फेरी एसेम्बली ,
त्यै 'प्रभु तिमी' प्रार्थना
र 'जन-गण'
सुर मा सुर
मिलाई गाउने इच्छा
जाग्यो ,
किन हौ आज
मलाई स्कुल जान पो
मन लाग्यो ||
छड्के आँखाले उसलाई चियाउदै
हेर्दै
कागजको डल्लाले फेरी हिर्काउदै
,
कहिले उसले लजाउदै
पुलुक्कै हेर्दा को आनन्द
आज फेरी गुटमुटीएर
आयो ,
अचानकै फेरी मलाई
स्कुल जान मन
लाग्यो ||
टिचर नआउदा टेबल ठटाई गीत
गाएको
कागजको हावा जहाज
बनाई उडाको ,
कुनै एउटा साथीको
सबै मिलि खिल्ली
गरेको
सबै पलहरु हुरी जस्तो
बनि फर्की आयो
,
किन हौ आज
मलाई स्कुल जान पो
मन लाग्यो ||
बुकको सिरानी लगाई सुतेको
,
घरि घरि हावा
खानु टोइलेट धाएको
,
त्यो डेस्कमा अनेक थरि
कोरेको
साथी भाईको देखि होमे
वोर्क चोरेको ,
त्यो ब्यर्थको डर, त्यो
वास्तविक खुशी
त्यो
Original हाँसो ,
आज फेरी बाँचेर
हेर्ने इच्छा जाग्यो
अचानकै फेरी मलाई
स्कुल जान
मन लाग्यो ||
कहिले छुट्टिको घण्टी लाग्छ
भन्ने त्यो उथुल-पुथुल ,
प्लिक प्लिके(Digital) घडी मा
आँखा ,
भोकले कराई रहेको
भुड़ी ,
टंग-टंग गर्दाको
त्यो रमनय अनुभूति
,
ओहो, सब्दले कहाँ हुन्छ
र बर्णन ?
त्यो त बाँचेर
हेर्दा मात्रै थाहा हुन्छ
,
मलाई फेरी त्यो
दुनियामा फर्किन मन लाग्यो
किन हौ आज
मलाई स्कुल जान पो
मन लाग्यो ||
Card board बोकि
exam गर्नु गएको
सबै
Question फेरि जानेकै आएको,
त्यो हरियो चौरमा बसि
गफ हाँकेको ,
छेउ-छाउ
केटि देखे फेरि
अलिक Over-smart भाको ,
दुइ पन्ना को Love letter लेखि
पठाको ,
साथमा एउटा Dairy Milk पनि हालेको
,
त्यो
Friendship को कार्ड, Birthday को कार्ड
पाउँदा को खुशी
आज को SMS र Friend Request मा
कहाँ छ र
?
मलाई [त्यो] पुरानो दिन
फेरि बाँच्ने रहर
जाग्यो
अचानकै फेरी मलाई
स्कुल जान
मन लाग्यो ||
फेरि सुन्दा त,
नेपाली पड़ाउने गणेश सर पनि
खस्नु भएछ ,
Civics पड़ाउने
डी. बी. सर
पनि ,
फेरि सी. पी.
सरको त ट्रान्सफर
भयो रे
अरु-अरु गुरु-गुरुमाको पनि ,
पन्त सर त
रीटायर भई सक्नु
भएछ
हिन्दीको निरा मेम
पनि ,
अब त स्कुल
पुरै नँया भई
सकेछ ,
घन्टी लाउने प्रेम दाजुपनि
बुड़ो भई सकेछ
,
हामीले पर्यावरण दिवसमा रोपेको
रुख
कति ठुलो भएछ
,
त्यो सँगै बेन्चमा
बस्ने साथी
दुइटा नानीको बाऊ भएछ
,
कोइ गाडीको मालिक भएछ
,
कसैले बिल्डिंग ठराई सकेछ
,
कसै ड्रग्स चेपि आँखा
रातो बनाई
नाचिने झैँ गरि
हिडी रहेछ
कसै पुलिस भए, कसै
IRB भएछ
सबै आफ्नो-आफ्नो लगानीमा
लागेछ ||
कसैमा त्यो पुरानो
साथी देख्दिन म
समय सँगै सबै
परिवर्तन भई सकेछ
,
एसो हेर्दा त म पनि निकै
बदलिएछु
दाह्री-जुँगा फुल्न लागेछ
,
तर जे-होस
मलाई त्यहि पुरानो
साथी-भाई भेट्ने
इच्छा जाग्यो ,
मलाई फेरी एकपल्ट
स्कुल जान मन
लाग्यो
मलाई फेरी एकपल्ट
स्कुल जान मन
लाग्यो ||