बिहानै उठी सिलिंगमा के चर्दै थिए भाईले सोध्यो मलाई
'कुकुरले गु पनि नखाई कता चढेको दाई?'
चड्दै चड्दै मैले भने, 'बाजेको रामायण निकाल्न चढेको'
भाई गर्ज्यो म माथि 'एन्जिनीरिंग गर्दैथिस होइन? के को रामायण पदनु परेको?'
'तेसो नभन केटा आज त भानु जयन्ति पो'
भन्दै हाम्रो बाजे कता बाट आएछन,
'को हो भानु?' भनि भाई ले सोद्धा
बाजे झन्डै मुर्छा परेछन!!
मलाई त एकदम रिस उठी हाल्यो
'माईकल ज्याकसन चिन्छस?' भनि सोधी हाले
'Yes Bro!' भनि भाई त बुरुक बुरुक उफ्रिनु थाल्यो,
'के भो?' भनि सोधे मैले
'के भो?' भनि सोधे मैले
भन्छ 'माईकल ज्याकसन को डान्स पो देखाको'
इसतब्द भई म अवाक्क बने
र केहि नभनी हेडमास्टर को घर तिर लागे
हात मा थमाई रामायण मैले, उनलाई सोधे
'कस्तो मनाउदैछन् सर भानु जयन्ति यस पाली?'
सरले भन्नु भयो,
'कस्तो भन्नु र भाई! उही त हो,
रामायण पदनु कोहि मान्दैनन, पाखे पो भन्छ भन्छन
दौरा सुरुवाल लाउनु कोहि मान्दैनन, scope down हुन्छ भन्छन!!'
यो कुरा सुनेर त मेरो चित्तै मरी आयो
भानु भक्त ले गरेको त्यो त्याग र बलिदान आज कता हरायो?
सर ले भन्नु भयो,
'हेर न भाई आजकल त अचम्मै छ
राम्रो संग नेपाली बोल्नु नआउने ले पनि broken english पर्कौनै पर्ने रे
जुम्रा सरि को केश korean style पार्नै पर्ने रे
जातीय भेस-भूसा लाउन सरम हुने रे
दस ठाउँ टालेको jeans pant नै लाउने रे
तिमी नै भन भाई,
यो पारा ले हाम्रो जाति र समाज कसरी अघि बर्ने?
हाम्रो जाति र समाज कसरी अघि बर्ने?'
Posting this poem a month before Bhanu Jayanti because they say.....
'कल करे सो आज कर, आज करे सो अब' :)
0 comments:
Post a Comment